रास्वपासँगको छलफलपछि निर्वाचनको वातावरण अझ राम्रो बनेको छ: सञ्चारमन्त्री खरेल
काठमाडौँ- सरकार र रास्वपा सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलबीच आज छलफल भएको छ ।
छलफलमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा केन्द्रित भएको थियो।
सरकारले फागुन २१ गतेको निर्वाचनको विषयमा गरिरहेको तयारीका बारेमा रास्वपालाई जानकारी गराएको थियो भने सभापति लामिछानेले निर्वाचनमा सहभागिताका लागि पार्टीको प्रतिबद्धता व्यक्त गर्नुभएको सञ्चार तथा सूचना प्रबिधि मन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
उहाँले रास्वपासँगको छलफल पछि देशमा चुनावी वातावरण अझ राम्रो बनेको बताउनुभयो ।
लामिछानेलाई अन्याय भएको भन्ने विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा मन्त्री खरेलले प्रतिशोधका कारणले कसैलाई अन्याय गर्ने काम सरकारले नगर्ने उल्लेख गर्नुभयो ।
रास्वपाले जेनजी आन्दोलनका शहीद र घाइतेहरुको बारेमा समेत चासो राखेको थियो ।
छलफलमा प्रधानमन्त्री सुशीला कार्की, सञ्चारमन्त्री खरेल तथा रास्वपा सभापति लामिछाने र अन्य पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।।






प्रतिक्रिया राख्नुहोस्