प्रदेशको राजधानी तोकिएसँगै वन अतिक्रमण तीव्र (भिडियो रिपोर्ट)
कैलाली- दुई लाख ५९ हजार हेक्टर वन क्षेत्र रहेको कैलालीमा पछिल्लो समय वन अतिक्रमण बढ्दै गएको छ ।
कैलालीको गोदावरी प्रदेशको राजधानी तोकिएपछि गोदावरीसँगै चुरे क्षेत्रमा वन अतिक्रमण बढेर गएको छ । चुरे गाउँपालिका ५ का स्थानीय हुकुम अधिकारीले बढ्दै गएको वन अतिक्रमणले प्रकोपको जोखिम बढाएको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ ।
डिभिजन वन कार्यालय कैलालीले पनि पछिल्लो समय वन अतिक्रमण बढ्दै गएको बताएको छ । डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले चालु आर्थिक बर्षको ५ महिनामा वन अतिक्रमण, काठ दाउरा चोरी निकासी र वन्यजन्तु चोरीका १५ वटा मुद्धा कार्यालयमा परेको बताउनुभयो । वन माथिको अतिक्रमण बढेसँगै कार्यालयले आफ्नो सक्रियता बढाएको उहाँको भनाई छ ।
हरेक बर्ष बाढी पीडित, भूमिहीन र सुकम्बासीका नाममा वन अतिक्रमण बढ्दै गइरहेको चुरे र गोदावरी क्षेत्रका स्थानीयको गुनासो छ । उनीहरुले जथाभावी रुख काटिंदा जैविकमार्ग संकटमा पर्नुका साथै आफूहरु प्रकोपको जोखिममा परेको बताएका छन् ।-
प्रतिक्रिया राख्नुहोस्