समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची टुंग्गो लगाउने जिम्मा अध्यक्ष ओलीलाई

काठमाडौ- नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूचीमा समावेश गरिने उम्मेदवारहरुको नामावली टुँग्गो लगाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
आज बसेको सचिवालय बैठकले नामावली टुँग्गो लगाउने जिम्मा आयोगलाई दिएको पार्टी उपमहासचिव लेखराज भट्टले जानकारी दिनु भयो । अध्यक्षले टुँग्गो लागाएपछि भोलि निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको भट्टले जानकारी दिनुभयो ।
कार्यतालिका अनुसार आज र भोलि सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्ने कार्यक्रम रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्