देउवा निवासमा काँग्रेस शीर्ष नेताहरुको बैठक

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट शीर्ष नेताहरुको बैठक राख्नुभएको छ।

पार्टीको महाधिवेशनका बारेमा केन्द्रीय कार्य सम्पादन समितिले टुंगो लगाएपनि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णयपछि सभापति देउवाले काँग्रेस शीर्ष नेताहरुसँग संवाद सुरु गर्नुभएको हो ।

आफ्नै निवासमा अहिले नेताहरुसँग सभापति देउवाले छलफल गरिरहनुभएको छ ।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुषमा विशेष महाधिवेशन गर्ने गरी प्रकृया अघि बढाएपछि काँग्रेसमा विवाद बल्झिएको हो ।

काँग्रेस कार्य सम्पादन समितिको बैठकले आगामी बैशाख २८ गतदेखि १५औँ महाधिवेशन गर्ने गरी कार्य तालिका स्वीकृत गरेकोमा महामन्त्रीद्वयको फरक मत रहेको थियो ।

अहिले विशेष महाधिवेशन पक्षका नेताहरु पनि आपसी संवादमा हुनुहुन्छ । हिजोमात्र महामन्त्री थापाले विशेष महाधिवेशनको विषयमा कानून व्यवसायीहरुसँग छलफल गर्नुभएको थियो ।

विशेष महाधिवेशनले पार्टी विभाजन हुनसक्ने भन्दै काँग्रेसका नेता तथा कार्यकर्ताहरुमाझ चिन्ता बढाएको अवस्थामा सभापति देउवाको यो छलफललाई महत्वको साथ हेरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.