भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा लगानी गर्ने : ट्रम्प

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्कको हिरासत केन्द्रमा राखिएको छ ।

अमेरिकी सेनाले शनिबार बिहान काराकासमा हवाई आक्रमण सञ्चालन गरेको थियो । मादुरो दम्पतीलाई नियन्त्रणमा लिएर उनीहरूमाथि लागूऔषध तस्करी र हतियारसम्बन्धी मुद्दा चलाइएको छ ।

यसैबीच, अमेरिकी सैन्य कारबाहीपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बताउनुभएको छ ।

ट्रम्पले पत्रकार सम्मेलनमा विश्वकै ठूलो अमेरिकी तेल कम्पनीहरूले अरबौं डलर लगानी गरी तेल पूर्वाधार सुधार गर्ने र यसबाट देशका लागि आम्दानी सिर्जना हुने बताउनुभयो ।

भेनेजुएलाको तेलमाथि लागू गरिएको प्रतिबन्ध पूर्ण रूपमा कायम रहने पनि ट्रम्पको भनाइ थियो ।

संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा सन् २०१७ मा आर्थिक प्रतिबन्ध र २०१९ मा तेलमाथि प्रतिबन्ध लगाएको थियो । भेनेजुएला दैनिक १० लाख भन्दा कम ब्यारेल तेल उत्पादन गर्छ र यसको अधिकांश कालो बजारमा छूटमा बिक्री हुन्छ । ट्रम्पको भनाइ अनुसार, भेनेजुएलाले तेल आम्दानी ‘ड्रग आतङ्कवाद, मानव तस्करी, हत्या र अपहरण’मा खर्च गर्दैछ ।

उहाँको दोस्रो कार्यकालको सुरुवातमा २०२५ मा बहुराष्ट्रिय तेल कम्पनीहरूले भेनेजुएलामा सञ्चालन गर्ने अनुमति दिने लाइसेन्स समाप्त गरिएको थियो । यस क्रममा अमेरिकी कम्पनी चेभ्रोनलाई मात्र विशेष अनुमति दिइएको थियो । चेभ्रोन भेनेजुएलामा राज्य स्वामित्वको पीडीभीएसएसँग साझेदारीमा चार तेल क्षेत्र सञ्चालन गर्दै आएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.