विशेष महाधिवेशनस्थलमा कांग्रेसका पूर्व सभापतिहरुको ‘मस्कट’

झाँकीसहितको र्‍याली भृकुटीमण्डपमा

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन स्थलमा कांग्रेसका पूर्व सभापतिहरुको मस्कट राखिएको छ।

महाधिवेशनस्थलमा कांग्रेसका पूर्व सभापतिहरू विश्वेशवरप्रसाद कोइराला, सुवर्ण शमशेर राणा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको मस्कट राखिएको हो ।

विशेष महाधिवेशनमा यतिखेर महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गराउने क्रम जारी छ ।

विशेष महाधिवेशनमा सहभागी हुन उपत्यकाका विभिन्न ठाउँबाट बाजागाजासहितको झाँकी र जुलुश महाधिवेशन स्थल भृकुटीमण्डप पुग्ने क्रम पनि जारी छ।

विशेष महाधिवेशनको विषयमा भने काँग्रेसमा व्यापक विवाद भएको छ । संस्थापन पक्षले विशेष महाधिवेशन जरुरी नभएको भन्दै विरोध गरिरहेको बेला काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पक्षधरको नेतृत्व गरिरहनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.