महोत्तरी २ बाट शरद सिंह भण्डारीले उम्मेदवारी

काठमाडौँ- महोत्तरी निर्वाचन क्षेत्र नम्बर २बाट जनता समाजवादी पार्टी (जसपा) नेपालबाट शरद सिंह भण्डारीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

जसपा नेपालका बरिष्ठ नेता भण्डारीले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।
भण्डारी पछिल्लो निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट विजयी हुँदै प्रतिनिधिसभा पुगेका थिए ।

उहाँले पछिल्लो निर्वाचनमा २५ हजार १ सय ९० मत ल्याउँदै निर्वाचित भएका थिए । उनले तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीका उम्मेदवार डा. विजयकुमार सिंहलाई पराजित गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.