घोषणापत्र लेखनमाथि छलफल गर्न भोलि सानेपामा केन्द्रीय समितिको बैठक बोलाइयो

सभापतिमा चयन भएसँगै गगनकुमार थापाको सभापतित्वमा पार्टी मुख्यालय सानेपामा पहिलो पटक बैठक बस्दैै

काठमाडौं –  नेपाली काँग्रेसले निर्वाचन रणनीति र घोषणा पत्र लेखनको तयारी लगायतका विषयमा छलफल गर्न भोलि केन्द्रीय समिति बैठको बोलाएको छ ।

पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा निर्वाचन रणनीति र पार्टी घोषणापत्र तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सभापतिमा गगनकुमार थापा चयन भएसँगै उहाँको नेतृत्वमा पहिलोपटक पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्न लगेको हो । बैठक अघि सभापति थापाले भोलि सानेपामा पदभार ग्रहण गर्ने बताइएको छ । सानेपामा पुगेर सभापतिको पदभार ग्रहण नगरेपनि  नवनिर्वाचित सभापति थापाको अध्यक्षता यसअघि दुई पटक केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भइसकेको छ ।

काँग्रेसले यस अघि नै सभापति थापाको नेतृत्वमा घोषणापत्र लेखन समिति  र उपाध्यक्ष विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्नसक्ने नेताहरुले बताएका छन् ।

कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार बैठक भोलि १ बजे सानेपामा बस्नेछ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.