यमनको विमानस्थलमा भएको आक्रमणमा २२ जनाको मृत्यु

यमनको दक्षिण सहर एडिनमा रहेको विमानस्थलमा भएको आक्रमणमा २२ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ५० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन् । युद्धग्रस्त मुलुक यमनको हालै बनेको नयाँ सरकारका सदस्यहरु बोकेको विमान छिमेकी मुलुक साउदी अरेवियाबाट विमानस्थल आइपुग्ने वित्तिकै बम विस्फोट भएको हो । घटनामा सरकारी अधिकारीका साथै दातृ निकायका प्रतिनिधिको मृत्यु भएको बताइएको छ । तर यमनका प्रधानमन्त्रीले आफू र आफ्नो मन्त्रिमण्डल सुरक्षित रहेको बताउनु भएको छ ।

संचारमन्त्रीले आक्रमण हाउथी विद्रोहीले गराएको आरोप लगाउनुभएको छ । यमन द्वन्द्वका कारण सन् २०१५ यता झनै तहस नहस भएको मुलुक हो । साउदी अरब नेतृत्वमा अरब राष्ट्रहरूको गठबन्धनले हाउथी विद्रोहीलाई परास्त गर्न र राष्ट्रपति अब्द्रुबुह मन्सूर हादीको शासनलाई पुनःस्थापित गर्न सैन्य अभियान सञ्चालन गरेपछि अवस्था अझै नाजुक बनेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.