होलोकास्ट स्मृति दिवसः छ लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौँ- यहाँस्थित इजरायली दूतावासद्वारा मङ्गलबार अन्तरराष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा एक कार्यक्रम आयोजना गरियो ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जनवरी २७ मा होलोकास्ट पीडितहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ । द्वितीय विश्वयुद्धका क्रममा नाजी शासनद्वारा छ लाख यहुदीको संहार गरिएको स्मरणमा सन् २००६ देखि उक्त विश्व संस्थाको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले होलोकास्टको पीडाबाट अन्तरराष्ट्रिय मानव अधिकार कानुन र संरचनाको विकास भएको उल्लेख गर्नुभयो । उहाँले मानव अधिकार, सहिष्णुता र सम्मानको प्रवद्र्धन आजको आवश्यकता भएको बताउनुभयो ।

नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले होलोकास्ट मानव सभ्यतामाथिको कालो दाग भएको उल्लेख गर्दै जातीय घृणा, विभेद र सम्पूर्ण समुदायलाई नष्ट गर्ने सोचको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता घटनाहरू दोहोरिन नदिन स्मरण र शिक्षा अत्यावश्यक भएको बताउनुभयो ।

त्यस अवसरमा जर्मनी र अष्ट्रेलियाका कूटनीतिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो । साथै होलोकास्टकी जीवित साक्षी सोफिया गेलरको सन्देश प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.