बैतडीको पुर्चौडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

मृतक सबैको सनाखत

बैतडी- बैतडीको पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस पुचौँडी नगरपालिका-७ बढ्गाउँ मोडमा दुर्घटना हुदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार राती ९:१० बजेको समयमा १८ जना महिला र २७ जना पुरुष गरी जम्मा ४५ सवार बस दुर्घटनामा परेकाे हाे ।

मृतकहरुको नामावली:

१) बझाङ बित्थडचिर गाउँपालिका- ७ बस्ने वर्ष ४० को केशब राज जोशी

२) बझाङ बित्थडचिर गाउँपालिका- ७ बस्ने वर्ष १३ को अशोक राज जोशी

३) बझाङ बित्थडचिरगाउँपालिका- ७ बस्ने वर्ष ३५ को बसन्त जोशी

४) बझाङ बित्थडचिर गाउँपालिका- ७ बस्ने वर्ष ४१ को बिष्णु दत्त जोशी (उपचारको क्रममा)

५) बझाङ बित्थडचिर-७ बस्ने वर्ष ४२ को नरेश राज जोशी(उपचारको क्रममा)

६) बझाङ केदारस्यु गाउँपालिका बस्ने वर्ष ६० को मोहन देव भट्ट

७) बझाङ जयपृथ्बी नगरपालिका- ७ बस्ने वर्ष ४० को बसन्त राज रतला

८) बैतडी पुर्चौडी नगरपालिका- ७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी

दुर्घटनामा घाइते भएका ३२ जना अहिले काेटीला स्वास्थ्यचाैकीमा रहेकाे र उनीहरुमध्ये ३ जनाकाे अवस्था चिन्ताजनक रहेको छ ।

पवनदुत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिनुभयाे ।

दुर्घटना भएको जानकारी पाएपछि पुर्चौडी र ढोल्यामोडबाट प्रहरीको टोली खटिएको छ भने पाटनबाट सशस्त्र प्रहरीका डिएसपी शंकर धामी नेतृत्वको टोली समेत घटनास्थलमा खटिएको छ ।

स्थानीयहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन् ।

बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब २ सय मिटर तल खसेकाले मृतककाे संख्या अझै बढ्नसक्ने आकलन गरिएको छ ।

घाइतेहरूलाइ स्कुल बसमार्फत छिटाे डडेल्धुरा अस्पताल लग्ने तयारी भइरहेकाे सशस्त्र प्रहरीबल ५१ नम्बर गुल्मका गुल्मपती डिएसपी जंगबहादुर कुँवरले बताउनुभयाे ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.