नेपालको सान्त्वना जित, स्कटल्याण्ड ७ विकेटले पराजित

काठमाडौँ- आईसीसी टी-२० विश्वकप अन्गर्गतको आफ्नो अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ ।

दीपेन्द्र सिंह ऐरीको अर्धशतक प्रहारमा नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।

योसँगै नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो जित हासिल गरेको छ ।

मुम्बईको वानखेडे मैदानमा स्कटल्याण्डलाई हराउँदै यस विश्वकपमा सान्त्वना जित निकालेको हो ।

स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.