देशभर चिसो बढ्यो, सुदूरपश्चिममा हल्का बर्षा

डडेल्धुरा- पश्चिमी वायुका कारण मौषममा आएको वदलीसँगै आज भएको फाटफुट वर्षासँगै डडेल्धुरामा चिसो बढेको छ ।

गएरातिदेखि मौषममा वदली भएपनि आज विहानदेखि फाटफुट वर्षा भएका कारण डडेल्धुराका लेकाली भागदेखि अन्य भागमा चिसो वढेको हो ।

विशेषगरी जिल्लाको उच्च लेकाली भागमा वढी चिसो वढेको छ ।

चिसोकाकारण यहाँको जनजीवन प्रभावित भएको छ । चिसो वढेपछि घरभित्रै आगो तापेर वस्नु परेको स्थानीहरु वताउँछन् ।

चिसोका कारण वालवालिका र वृद्धवृद्धा वढी प्रभावित भएका छन् ।

लामो समय सम्मपनि वर्षा नहुँदा हिउँदे वाली नहुँने हो की भन्ने पिरमा रहेका डडेल्धुराका किसान भने वर्षापछि खुशी भएका छन् ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.