फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्छौँ : सभापति थापा

गण्डकी- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने सङ्कल्प गर्नुभएको छ । नेपाली कांग्रेस कास्कीद्वारा आज पोखराको अमरसिंहचौरमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले देशले भ्रष्टाचारबाट मुक्ति चाहेको बताउनुभयो ।
उक्त आयोगले २०४६ सालपछि प्रधानमन्त्री बन्नुुभएका शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्तिबाट नै छानबिन सुरु गर्ने बताउँदै उहाँले कसैलाई नछोडिने स्पष्ट पार्नुुभयो । उहाँले भन्नुभयो, “आफ्नो बा भए पनि छोड्दैन । एउटा, एउटा कुराको छानबिन गर्छ । एउटा एउटा काण्डको छानबिन गर्छ ।”
मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा पाँच वर्षभित्र क्रान्तिकारी रुपान्तरण ल्याउने गरी पार्टीले सरकार बनाएर काम गर्ने उहाँले जिकिर गर्नुुभयो । पाँच वर्षको यो समय देशलाई सम्हाल्नुपर्ने अवस्था रहेको र कुनै पनि द्वन्द्व अब नेपालले थेग्न नसक्ने बताउँदै उहाँले बढो जतनका साथ सबैलाई मिलाएर लैजानुपर्ने अवस्था रहेको बताउनुुभयो । गण्डकीमा परिणाम आउने गरी पर्यटन क्षेत्रको विकास गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आवेग र उत्तेजनामा नभइ सोचेर मतदान गर्न आम मतदातासँग आग्रह गर्नुभयो । कांग्रेस बदलिएर परिवर्तनको सुरुवात गरेको बताउँदै उहाँले विशेष महाधिवेशनपछि नयाँ सोच र उत्साहका साथ पार्टी अघि बढेको बताउनुुभयो । प्रश्नहरू गरेर त्यसबाट सन्तुष्ट बन्दै कांग्रेसमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।
कांग्रेसका तर्फबाट कास्की क्षेत्र नं १, २ र ३ का उम्मेदवारहरू तिलक रानाभाट, माधवप्रसाद बाँस्तोला र मनोज गुरुङले आआफ्ना चुनावी प्रतिबद्धतासहित भनाइ राख्नुभएको थियो । कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, सहसचिव एवं प्रवक्ता नवीन सिग्देल लगायतले बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्पसहित आएको भन्दै कांग्रेसका उम्मेदवारलाई अत्यधिक बहुमतसहित विजयी गराउन आग्रह गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्