सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुन तोलामा दुई हजार ५०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला २०५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ८१५ रुपैयाँ निर्धारण भएको छ । सोमबार एक तोला सुन तीन लाख २६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु छ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्