बर्दिया-२ बाट रास्वपाका श्रीधर पोखरेल विजयी

काठमाडौँ- बर्दिया-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीधर पोख्रेलले विजयी हुनुभएको छ। रास्पवाका पोख्रेलले २९६७८ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किशोर सिंह राठौरले २०४०२ मत प्राप्त गर्नुभएको छ ।
५३ बर्षीय पोख्रेल पेशाले कानुन व्यवासायी हुनुहुन्छ । २०४६ बाट काँग्रेसमा आवद्ध भई पार्टी राजनीति सुरु गर्नु भएका उहाँ २०७९ मा रास्वपाको सदस्यता लिनु भएको हो ।
कानुनमा स्नातक गर्नु भएका पोख्रेल पार्टी भित्र संगठन निर्माणमा सक्रिय रहँदै आउनु भएको छ । रास्वापका ठाकुरबाबा नगरपलिका सभापति रहनु भएका पोख्रेलको यो पहिलो संसदीय यात्रा हो ।।






प्रतिक्रिया राख्नुहोस्