मुस्ताङबाट नेपाली काँग्रेसका योगेश गौचन थकाली विजयी

काठमाडौँ- मुस्ताङबाट नेपाली काँग्रेसका योगेश गौचन थकाली प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ।
गौचनले ३३०७ मत ल्याउनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्द्र धारा विष्टले १८०६ मत प्राप्त गर्नुभएको छ ।
विक्रम सम्वत २०५० साल बैशाख २७ गते मुस्ताङ थासाङ गाउँपालिका कालोपानीमा जन्मिनु भएका योगेश गौचन थकाली नेपाली काँग्रेसको साविक लेते गाउँपालिकाका सभापति, जिल्ला सदस्य हुँदै हाल कांग्रेस गण्डकी प्रदेश सदस्य र काँग्रेस महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।
स्नातकोत्तर गर्नु भएका थकाली नेपाली काँग्रेसका नेता एवम् पूर्व सांसद रोमी गौचन थकालीका छोरा हुनुहुन्छ ।
बुबाको राजनीति बिँडो थाम्न आइपुग्नु भएका योगेशको यो पहिलो संसदीय यात्रा हो ।।






प्रतिक्रिया राख्नुहोस्