नवलपरासीको सुस्ता डुबानमा
एक जना बेपत्ता
नवलपरासी- नारायणी नदीमा आएको बाढीले नवलपरासीको सुस्ता डुबानमा परेको छ । सुस्ता गाउँपालिका वडा नं ५ स्थित सुस्तामा बाढी पस्दा अधिकांश घर डुबानमा परेका हुन् ।
सुस्तामा २ सय ६५ घर रहेका छन् । केही पक्की घरबाहेक अधिकांश फुसले छाएका घर डुबानमा परेका हुन् । डुबानमा परेका दुईवटा घर पनि भत्किएको छ । गत सोमबार रातिदेखि परेको अविरल वर्षासँगै नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेपछि सुस्ता क्षेत्र डुबानमा परेको हो । बाढीबाट बिस्थापित सुस्तावासी सुरक्षित स्थानमा बसेका छन् ।
सुस्ताका कतिपय विद्यालय, प्रहरी चौकी, सशस्त्र प्रहरी पोष्टलगायतमा पनि पानी पसेको छ । यसैबीच पश्चिम नवलपरासीको प्रतापपुर, सरावल र पाल्हिनन्दन गाउँपालिकाका पनि केही भाग समेत डुबानमा परेका छन् । नारायणी नदीले बगाउँदा एक युवक समेत बेपत्ता भएका छन् ।
यसैबीच नारायणी नदीको बहाव हिजो बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भयो । नारायणीमा आएको बढीले भरतपुर महानगरपालिकाको वडा नम्बर १६, २६ र २७ मा बस्ती समेत डुवानमा परेको छ ।।
प्रतिक्रिया राख्नुहोस्