बाँके-२ बाट एमालेका मोहम्मद इश्तियाक राई विजयी

काठमाडौँ- बाँके २ बाट नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक राई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले २४६२८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी रास्वपाका विवेक कुमार श्रेष्ठले १८६८२ मत प्राप्त गर्नुभयो ।

राप्रपाबाट राजनीति सुरु गर्नुभएका राई २०६२ ताका तत्कालिन मधेशी जनअधिकार फोरममा आबद्ध हुँदै सक्रिय राजनीतिमा आउनु भएको हो ।

०६४ सालमा मधेशी जनअधिकार फोरमको केन्द्रीय सदस्य, ०६५ सालमा पार्टीको राजनीतिक समिति सदस्य,जनता समाजवादी पार्टी नेपालको सचिव हुँदै जनता समाजवादी पार्टीको महासचिव भएका राई पटक पटक सांसद र मन्त्री भइ सक्नु भएको छ ।

यो निर्वाचनमा राई जसपा छाडी एमालेबाट उम्मेदवार बन्नु भएको थियो । हाल ४६ बर्षको पुग्नु भएका राई पहिलो पटक २८ वर्षको उमेरमा सांसद/प्रतिनिधिसभा सदस्य भएका श्रम मन्त्रीसमेत बन्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.