समानुपातिक मतगणना जारी: रास्वपा अग्रस्थानमा

काठमाडौँ- बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ३९ हजार ४८३ मत गणना भएको छ ।
पछिल्ला गणना भएको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार ४४२ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले ७ हजार पाँचसय ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार एक सय ६९, नेकपा(एमाले)ले दुई हजार नौ सय ९० मत प्राप्त गरेको छ । आयोगका अनुसार, श्रम संस्कृति पार्टीले नौ सय ६०, नेपाली कम्युनिस्ट पार्टीले ९ सय ५१, राष्ट्रिय परिवर्तन पार्टीले पाँच सय ३५ मत प्राप्त गरेको छ ।





प्रतिक्रिया राख्नुहोस्