स्याङ्जा-१ बाट रास्वपाका डा धनन्जय रेग्मी विजयी

काठमाडौँ- स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मी विजयी हुनुभएको छ ।

रास्वपा उम्मेदवार रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १० हजार २१४ मतान्तरले पराजित हुनुभयो । काँग्रेसका ढकालले १८ हजार ८५७ मत प्राप्त गर्नुभयो ।

५० बर्षीय डा रेग्मी नेपाल पर्यटन बोर्डका पूर्व सिइओ हुनुहुन्छ ।

जापानको Hokkaido University बाट पिएचडी गर्नु भएका उहाँसँग पर्यटन क्षेत्रमा लामो अनुभव रहेको छ ।

पर्यटन उद्यमी, रोजगारी, स्थानीय अर्थतन्त्र र सेवा उद्योगको राम्रो अनुभवी रेग्मी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुँदै आउनु भएको छ ।

अनुभवी र ऊर्जाशील नेतृत्वको संयोजन, नयाँ राजनीतिक संस्कारलाई व्यावसायिक जोडने क्षेमता उहाँसँग छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.