मोरङ ४ बाट रास्वपाका सन्तोष राजवंशी विजयी

काठमाडौँ- मोरङ ४ बाट रास्वपाका सन्तोष राजवंशी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।

मोरङ क्षेत्र नम्बर ४ मा पत्रकारिताबाट राजनीतिमा होमिएका ४० बर्षीय  राजवंशीले काँग्रेसक गुरुराज घिमिरेलाई २८ हजार भन्दा बढी मतान्तरले पराजित गर्नु भएको हो। राजवंशीले ४० हजार ८३३ मत प्राप्त गर्नु भयो ।

प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि मतगणना स्थलमै पहिलो प्रतिक्रिया दिँदै यो जित परिवर्तन चाहने जनताको विश्वासको परिणाम भएको बताउनु भयो ।

राजनीतिमा प्रवेश गर्नुअघि राजवंशी सञ्चार क्षेत्रमा सक्रिय थिए। उहाँ NTV Itahari मा संवाददाताको रूपमा करिब चार वर्ष काम गर्दै स्थानीय मुद्दा, सामाजिक समस्या र जनताका आवाजलाई निरन्तर उठाउने पत्रकारका रूपमा परिचित हुनुहुन्छ ।

सञ्चार क्षेत्रको अनुभवले जनताको वास्तविक समस्या बुझ्ने अवसर दिएको बताउँदै उहाँले अब त्यही अनुभवलाई जनप्रतिनिधिको रूपमा विकास, सुशासन र जनहितका काममा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मोरङ–४ मा उनको जितलाई नयाँ पुस्ताको राजनीति र परिवर्तनप्रतिको जनआकांक्षाको संकेतका रूपमा हेरिएको छ !

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.