खरखुट्टे अर्थात “आलु गाउँ”
चितवन-चितवनको खैरहनी नगरपालिका १० कठार खरखुट्टेलाई ‘आलु गाउँ’ले चिनिने गरेको छ ।
यो गाउँका किसानहरुले आलु खेतिबाट नै करोडौँ रुपैया गाउँमा भित्र्याउने गर्छन ।
अन्य खेतिबाट लागत मुल्य उठाउन पनि धौ धौ हुने गरेकोमा आलु खेतिबाट मनग्य आम्दानी लिन सकिने किसान कृष्ण प्रसाद अर्यालको अनुभव छ ।
खरखुट्टेका किसानहरुले बेलायतबाट ल्याएको ब्लु डायमण्ड एम एस र रातो लगाएत बिभिन्न जातका आलु लगाउने गरेका छन् ।
अन्य आलुमा भन्दा ब्लुडायमण्ड जातको आलु खेति गर्दा छिटो र धेरै फल्ने भएको कारण किसानहरुले ब्लु डायमण्ड जातको आलु लगाउने गरेका हुन।
यहाँका किसानहरुले न्युनतम १ लाखदेखि २० लाख सम्मको आलु बिक्री गर्ने गरेको किसानहरुले बताएका छन् र
करिब २ सय ५० बिगाहामा आलु खेति गर्दै आएका छन् ।
यहँका किसानहरुले एक सिजनमा करिब २० करोडको आलु बिक्री गर्ने गरेको उनीहरुको भनाइ छ ।।
प्रतिक्रिया राख्नुहोस्