ललितपुर-२ बाट रास्वपाका जगदीश खरेल विजयी

ललितपुर- प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी हुनुभएको छ ।
खरेलले ३९ हजार ९४१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गर्नुभएको थियो ।
४३ बर्षीय खरेल लामो समयदेखि पत्रकारिता क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । स्थापित टेलिभिजन पत्रकारको रुपमा रहनु भएका खरेल जेनजी आन्दोलनपछि गठित नागरिक सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्नुभएको थियो ।
आफू राजनीतिमा नआउने भन्दै आउनुभएका खरेलले उमेदवार मनोनयनको केही दिनअघि मात्र रास्वपाबाट निर्वाचनमा प्रतिश्पर्धा गर्ने निधो गर्नुभएको थियो ।
चुनावी सरकारको मन्त्री पदबाट राजिनामा दिएर उहाँ ललितपुर-२ बाट रास्वपाको तर्फबाट निर्वाचनमा होमिनुभएको थियो । स्पष्ट वक्ताको रुपमा समेत चिनिनुहुेन खरेलले सुशासन आफ्नो पहिलो प्राथमिकतामा रहेको दोहोर्याउँदै आउनुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्