सप्तरी–२ मा रास्वपाका यादव निर्वाचित

राजविराज (सप्तरी)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामजी यादव विजयी हुनुभएको छ ।

मुख्यनिर्वाचन अधिकृत किशोर घिमिरेले दिनुभएको जानकारी अनुसार यादवले २८ हजार ४०४ मत प्राप्त गरी विजय हुनुभएको छ । उक्त क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश यादवले १४ हजार २६३ मत प्राप्त गर्नुभयो । त्यस्तै, जनमत पार्टीका सीके राउतले ९ हजार ८८० मत प्राप्त गर्नुभयो ।

विक्रम सम्वत् २०५२ सालमा सप्तरीमा जन्मिनुभएका रामजी यादवले Indian Institute of Technology Madras, चेन्नईबाट Energy Systems विषयमा M.Tech. गरेका ऊर्जा प्रणाली, ऊर्जा दक्षता र दिगो विकासको क्षेत्रमा प्रशिक्षित प्राविधिक व्यक्तित्व हुनुहुन्छ ।

ऊर्जा प्रणालीको गहिरो ज्ञानसँगै नीतिलाई व्यवहारमा उतार्ने ‘delivery mindset’ भएको प्राविधिक नेतृत्वका रूपमा उहाँ  चिनिनुहुन्छ ।  स्थानीय तहको आधारभूत सेवा, पूर्वाधार तथा समुदायका दैनिक समस्यालाई नजिकबाट बुझ्ने ग्राउन्ड–कनेक्शन भएका यादवले नगरपालिका काम, समुदाय विकास तथा विभिन्न पूर्वाधार परियोजनामा प्रत्यक्ष रूपमा काम गर्ने अनुभव हासिल गर्नु भएको छ ।

ऊर्जा बचत, प्रणाली सुधार तथा संस्थागत दक्षता बढाउने समाधान–केन्द्रित क्षमताका कारण उनले बजेट बचत हुने ठाउँ पहिचान गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिने शैली अपनाउँदै आउनु भएको छ ।

विभिन्न परियोजनाहरूमा खरिद प्रक्रिया नेतृत्व गर्दै पारदर्शिता, मापदण्ड र समयमै डेलिभरी सुनिश्चित गर्ने क्षमतासमेत  प्रदर्शन गर्दै उहाँ इन्जिनियरिङ तथा परियोजना–सम्बन्धी संस्थाहरूमा नेतृत्व भूमिकामा रहेर  काम गर्दै आउनु भएको छ ।

परियोजना व्यवस्थापन, सार्वजनिक सम्बन्ध तथा कूटनीतिक संवाद, विद्युत् इल्युमिनेशन डिजाइन, ऊर्जा अडिट, खरिद व्यवस्थापन, योजना तथा विश्लेषण जस्ता क्षेत्रमा पनि उनी दक्ष मानिन्छन्, जहाँ शान्त, स्पष्ट र निर्णायक सोच उहाँका मुख्य विशेषता हुन्।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.