सुनसरी-२ बाट रास्वपाका लालविक्रम थापा विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सुनसरी-२ बाट रास्वपाका लालविक्रम थापा विजयी हुनुभएको छ । उहाँ ५७ हजार ३४८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजीव कोइरालाले १६०७१ मत प्राप्त गर्नुभएको छ ।
२०४३ सालमा सुनसरीमा जन्मिनु भएका थापा इन्जिनियरिङ पेशामा आबद्ध हुनुहुन्छ।
सिभिल इन्जिनियरिङमा डिप्लोमा हासिल गर्नु भएका थापा हाल ब्याचलर इन सिभिल इन्जिनियरिङ अध्ययनरत हुनुहुन्छ।
विभिन्न पूर्वाधार परियोजनामा प्राविधिक विज्ञका रूपमा काम गर्दै आउनु भएका उहाँ इटहरीस्थित होराइजन इन्जिनियरिङ कलेजका संस्थापक प्रिन्सिपलसमेत हुनुहुन्छ।
उहाँ यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उहाँ सुनसरी–२ बाट उम्मेदवार बन्नु भएको थियो। विकास, सुशासन तथा पूर्वाधार सुधारका विषयमा समेत उहाँको विशेष विज्ञता रहेको मानिन्छ।
परियोजना व्यवस्थापन र प्रभावकारी कार्यान्वयन क्षमताका साथै शैक्षिक नेतृत्वमार्फत दक्ष प्राविधिक जनशक्ति उत्पादनमा उहाँले योगदान पुर्याउँदै आउनु भएको छ।
रणनीतिक योजना निर्माण र परिणाममुखी कार्यशैलीका कारण उहाँ प्राविधिक तथा एक कुशल व्यवस्थापकीय नेतृत्वका रूपमा जिल्लामा चिनिनुहुन्छ।।





प्रतिक्रिया राख्नुहोस्