महोत्तरी-३बाट रास्वपाका उज्ज्वल कुमार झा

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत महोत्तरी-३ बाट रास्वपाका उज्ज्वल कुमार झा विजयी हुनुभएको छ । उहाँले ३२४५१ मत ल्याई विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाल संघीय समाजबादी पार्टीका मुहमद रिजमानले ५९६९ मत प्राप्त गर्नुभएको छ ।

एकडारा गाउँपालिका–एकडारा, महोत्तरीमा २०४१ सालमा जन्मिनु भएका उज्ज्वलकुमार झा पेशाले इन्जिनियर हुनुहुन्छ। उहाँले भारतबाट सिभिल इन्जिनियरिङमा स्नातक (Bachelor’s in Civil Engineering) गर्नुभएको छ।

वीरगञ्ज सुक्खा बन्दरगाहमा सहायक निर्देशकका रूपमा कार्यअनुभव हासिल गर्नुभएका उहाँले प्राविधिक पृष्ठभूमिका कारण विकास निर्माण, योजना निर्माण तथा कार्यान्वयनका क्षेत्रमा उहाँको विशेष रुचि रहेको छ।

पारिवारिक रूपमा राजनीतिक पृष्ठभूमि भएका झा विगत केही बर्ष यता समाजसेवामा पनि सक्रिय रहँदै आउनु भएको छ।

स्थानीय विकास, सेवा प्रवाह सुधार तथा योजनाहरूको प्रभावकारी कार्यान्वयनमा प्राविधिक दृष्टिकोण जोड्ने उहाँको प्राथमिकता रहेको छ।
२०७९ सालको निर्वाचनमा उहाँ महोत्तरी–३ ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा सहभागी हुनुभएको थियो।

युवा-केन्द्रित उद्यमशीलता, रोजगारी सिर्जना, सीप विकास तथा स्टार्टअप र साना–मझौला उद्यम (SME) प्रवर्द्धनमा उहाँले विशेष जोड दिँदै आउनु भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.