रौतहट-४ बाट रास्वपाका गणेश पौडेल विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रौतहट-४ बाट रास्वपाका गणेश पौडेल विजयी हुनुभएको छ । उहाँले ३६८७६ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी  नेपाली काँग्रेसका देव प्रसाद तमिलसेनाले १५८६५ मत प्राप्त गर्नुभएको छ ।

४३ वर्षीय पौडेल रौतहट चन्द्रपुर नगरपालिका ९ चेतनगरमा बसोबास गर्दै आउनु भएको छ ।

स्नाकोत्तरसम्मको अध्ययन गर्नु भएका पौडेल नेपाली काँग्रेसको सदस्यता लिएर राजनीतिमा प्रवेश गर्नु भएको हो ।

समय संकल्प बचत तथा ऋण सहकारीको संचालक उहाँ प्रणामी धार्मिक वन समितिका अध्यक्षसमेत भइसक्नु भएको छ ।

निर्वाचन पूर्व काँग्रेस परित्याग गरी उहाँ रास्वपा प्रवेश गर्नु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.