बारा-१ बाट रास्वपाका गणेश धिमाल विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बारा-१ बाट रास्वपाका गणेश धिमाल विजयी हुनुभएको छ । उहाँ ३९९९८ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शम्भुबहादुर बुढाथोकीले १४२२३ मत प्राप्त गर्नुभएको छ ।

विक्रम सम्वत् २०३९ सालमा बाराको कोल्हवीमा जन्मिनु भएका गणेश धिमाल दोस्रो प्रयासमा प्रतिनिधि सभामा पुग्नु भएको हो ।

यसअघि २०७९ सालमा उहाँ सोही क्षेत्रमा प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नु भएको थियो ।

नेपाली काँग्रेसबाट राजनीति सुरु गर्नु भएका धिमाल २०७९ सालमा रास्वपा प्रवेश गर्नु भएको हो ।

पेशाले उहाँ कानुन व्यवसायी र परामर्श दाताको रुपमा समाजमा चिनिनुहुन्छ ।

धिमाल निर्माण कम्पनीमा मुख्य लेखापालको रूपमा काम गरेको हुनाले वित्तीय पारदर्शिता र लेखा प्रणालीमा विशेष दख्खल राख्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ ।

विशेषगरी, एम्बुलेन्स सञ्चालनदेखि सीप र रोजगारीमूलक तालिम, स्वास्थ्य शिविर, सरसफाइ अभियानसम्म निरन्तर अगुवाइ गर्ने अभियन्ताको  रुपमा उहाँको पहिचान बनेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.