माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक

काठमाडौँ- गोरखाबाट मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको विद्युतीय गाडी दुर्घटना हुँदा मृत्यु हुने यात्रुको संख्या ७ पुगेको छ। मृत्यु हुने सातै जना भारतीय नागरिक भएको पुष्टि भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन्।
आँबुखैरेनी नजिकै शनिवार राति करिब ८ बजे दुर्घटना भएको हो ।
सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र०१-००६ ख ८४३० नम्बरको इभी माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख भरतबहादुर विकले जानकारी दिनुभयो ।
घाइतेहरुको उद्धार गरी आँबुखैरेनी अस्पतालमा उपचारका लागि पठाइएको छ । दुर्घटनाग्रस्त माइक्रोबसमा १३ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त उहाँले बताउनुभयो
। घाइते तथा मृतकको पहिचान हुन भने बाँकी रहेको छ ।
सडकबाट करिव २०० मिटर तल माइक्रो खसेको प्रहरीले जनाएको छ। गाडीमा १५ जना सवार थिए। घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने एक गम्भीर घाइतेलाई भरतपुर रेफर गरिएको छ।
ओरालो बाटोमा गाडी तातेर ब्रेक फेल भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्