जाजरकोटबाट नेपाली काँग्रेसका खडक बहादुर बुढा विजयी

काठमाडौँ- प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जाजरकोटबाट नेपाली काँग्रेसका खडक बहादुर बुढा निर्वाचित हुनुभएको छ । उहाँ २०१४२ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपाका शक्तिबहादुर बस्नेतले १७४०७ मत प्राप्त गर्नुभयो ।
विद्यार्थी राजनीतिबाट उदाउनु भएका ४० वर्षीय खडक बहादुर बुढा २०४२ साल मंसिर २० गते जाजरकोटको शिवालय गाउँपालिका–९, नाहाडामा जन्मिनु भएको हो ।
२०५३ सालमा नेपाली काँग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको साधारण सदस्यता लिएका बुढा १० वर्षपछि २०६३ मा नेविसंघ जाजरकोट जिल्ला सचिव बन्नु भयो ।
उहाँ २०७९ देखि हालसम्म नेपाली काँग्रेस जाजरकोटको कार्यवाहक सभापतिका रूपमा कार्यरत हुनुहुन्छ ।
उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ ।
बुढा जिल्लामा युवाहरूमाझ परिचित नेता हुनुहुन्छ।
खडकले नेकपाका प्रभावशाली नेता शक्तिबहादुर बस्नेतको शक्तिलाई किनारा लगाउँदै पहिलो पटक संसदीय यात्रा सफल पार्नुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्