खोटाङमा एअर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमामा एअर डाइनेष्टिको हेलीकोप्टर दुर्घटना भएको छ । काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलीकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षति नभएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताउनुभयो ।

केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्याण्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्याण्ड हुन लागेको हेलीकोप्टरलाई उठाएर बारीको बिचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.