अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ – अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ।
केही दिनअघि मस्तिष्कघात भएपछि उपचारका लागि भर्ना गरिएका आचार्यको अन्नपूर्ण न्यूरो हस्पिटल मा सोमबार बिहान निधन भएको हो।
परिवारका अनुसार पार्थिव शरीरको अन्त्येष्टि भने मंगलबार गरिने पारिवारिक स्रोतले जनाएको छ। आचार्यका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।
आचार्यले नेपाल राष्ट्र बैंक मा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्