एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्वाचित

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।
एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठकपछि थापा निर्विरोध चयन हुनुभएको हो ।
बैठकमा दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि पछि निर्विरोधरूपमा थापा चयन हुनुभएको एमालेका सांसद ऐनबहादुर महरले जानकारी दिनुभयो ।
प्रतिनिधिसभामा एमालेका २५ सदस्य छन् ।।






प्रतिक्रिया राख्नुहोस्