लमजुङमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु, १४ जना घाईते

लमजुङ- लमजुङको सदरमुकाम बेसीशहरबाट मस्र्याङदी गाउपालिका ७ छिनखोलातर्फ जादै गरेको ग १ ज ६४७० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्य भएको छ । शनिबार अपरान्ह ४:३० बजेतिर उस्ताबेसीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मर्स्याङ्दी ७ उस्ता निबासी ४० बर्षिय त्रिवेणी गुरुङ, ३५ बर्षिय पुष्पा घलेको मृत्यु भएको हो ।

सोहि दुर्घटनामा अन्य १४ जना घाईते भएका छन । घाईते मध्ये पाँच जनाको अबस्था गम्भीर रहेको छ भने तीन जनालाई थप उपचारका लागी चितवन पठाइको लमजुङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.