आज साँझ तीव्र गतिमा हावाहुरी चल्ने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ- आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने संभावना भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले हावाहुरी सम्वन्धी विशेष वुलेटिन जारी गरेर कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला, बामगती प्रदेशका चितवन र नवलपुर सहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला र सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने भन्दै सतर्क रहन भनेको छ ।

विभागका अनुसार यी स्थानमा आज अपरान्ह ४ बजेदेखि नै हुरी सुरु भई भोलि बिहान ७ बजेसम्मै रहने अनुमान छ ।

त्यसैगरी, मेघगर्जन र चट्याङ र हावाहुरी र असिनासहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना छ ।

तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनेलगायतका जोखिम रहन्छ । प्राधिकरणले यी स्थानमा रहने वा उक्त समयावधिमा त्यहाँ जाने सबैले सावधानी अपनाउन अनुरोध गरेको छ ।

हावाहुरी चलेको बेला घरबाहिर हिँडडुल नगर्ने, घरको झ्यालढोका राम्रोसँग बन्द गर्न प्राधिकरणले सुझाएको छ । यस्तै, जस्ता लगायतबाट बनेको छानो कमजोर छ भने बन्धन बलियो बनाउन पनि भनेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.