सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको हो । यस्तैगरी  तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदीको मूल्य पनि बढेको छ । हिजो १०४० रुपैयाँमा कारोबार भएको चाँदी आज ११३५ रुपैयाँमा कारोबा भइरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.