विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं –  विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने सरकराको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश पनि गरेको छ ।

विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयलाई लिएर आठ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.