स्कटल्याण्डलाई ६ विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ- आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले  स्कटल्याण्डलाई ६ विकेटले हराएर लगातार दोस्रो जित निकालेको हो ।

किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा १९५ रनको विजय लक्ष्य पाएको नेपालले ३८ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहँदै ७४ रन बनाउँदा इशान पाण्डेले ५५ रनको योगदान गरे ।

पौडेल र पाण्डेले तेस्रो विकेटका लागि १०४ रनको साझेदारी खेलेका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमा अल आउट भएको थियो ।

स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधि ७३ रन बनाए ।

स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशीले ४ विकेट लिँदा सन्दीप लामिछाने ३ विकेट लिए ।

अव नेपालले आगामी शुक्रबार अमेरिकासँग अन्तिम खेल खेल्नेछ । नेपाल लगातार दुई जितसँगै २७ खेलबाट २२ अंकसहित अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

३१ खेलबाट ३८ अंकसहित स्कटल्याण्ड शिर्ष स्थानमा हुँदा २६ खेलबाट ३६ अंक भएको अमेरिका दोस्रो स्थानमा छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.