विपक्षी दलका सांसदहरुद्वारा नाराबाजीसहित रोष्ट्रम घेराउ

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरुले नाराबाजी गरेका छन ।

संसदमा प्रधानमन्त्रीको जवाफ चाहिने भन्दै आजको पहिलो बैठकमा विरोध गरेका विपक्षी दलका सांसदहरुले बैठक स्थगनपछि पनि विरोध जारी राखेका हुन ।

१५ मिनेटका  लागि स्थगित भएको बैठक करिब डेढ घण्टा पछि पुन: सुरु भएको थियो ।

दोश्रो बैठकमा पनि प्रधानमन्त्रीको जवाफ आउने वा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने कुनै सूचना नपाएपछि विपक्षी दलका सांसदहरुले नाराबाजीसहित रोष्ट्रम घेराउ गरेका हुन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.