ढुङ्गाले लागेर ट्रिपर चालकको मृत्यु

धादिङ- धादिङको थाक्रे गाउँपालिकास्थित ढुङ्गा खानीमा ट्रिपर चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रोडा–ढुङ्गा उद्योगका लागि खानीबाट ढुङ्गा लोड गर्ने क्रममा माथिबाट ढुङ्गा खस्दा बा ५ ख ८५८० नम्बरको ट्रिपर चालक ३५ वर्षीय देवेन्द्र खतिवडाको घटनास्थलमै मृत्यु भएको हो ।
थाक्रे गाउँपालिका–७ राम्चे क्षेत्रमा भएको दुर्घटनापछि खानी सञ्चालन तत्कालका लागि बन्द गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्