रास्वपा सभापति लामिछानेले आह्वान गरेको सर्बदलीय बैठक सिंहदरवारमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठक सिंहदरबारमा बस्यो ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको हलमा बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

बैठकमा आफ्नो भारत भ्रमण र सरकारको पछिल्ला काम कारवाहीका बारेमा दलहरुको सुझाव रास्वपा सभापति लामिछानेले माग्नुभएको थियो ।

बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन नेकपा(एमाले)का नेता ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरुको सहभागिता रहेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.