अझै सुरु भएन प्रतिनिधि सभाको बैठक, सदन खुलाउन सहमतिको प्रयास जारी

काठमाडौँ- बिहान ११ बजेकालागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर २ बजेसम्मकालागि स्थगित गरिएको छ । विपक्षी दलहरुको अवरोधका कारण एक साता देखि बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
जेठ १७ गते आइतबार प्रधानमन्त्रीले दिनुभएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले लगातार बैठकमा अवरोध गरिरहेका छन् ।
विपक्षी दलहरुको अवरोधका कारण आगामी आर्थिक वर्षको बजेटका विषयमा समेत छलफलनै सुरु हुन सकेको छैन । बैठक सञ्चालन गर्ने सम्बन्धमा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद मार्फत् सहमतिको प्रयास गगरिरहेपनि सफल हुन सक्नुभएको छैन ।





प्रतिक्रिया राख्नुहोस्