सौन्दर्यका लागि राखिएका सामान नै विग्रेपछि…

धादिङ- धादिङ बजारको सौन्दर्य बढाउने उद्देश्यले सडक किनारमा राखिएका गमला र फलामे स्ट्यान्ड अहिले आफैँ कुरुप बन्दै गएका छन ।

नीलकण्ठ नगरपालिकाले लाखौँ रुपैयाँ खर्च गरेर बजार क्षेत्रमा राखेका गमला र स्ट्यान्ड संरक्षण अभावमा जीर्ण बन्दै गएका हुन्।

अधिकांश गमला फुटेका छन् भने फलामे स्ट्यान्डहरू भाँचिएर लथालिङ्ग अवस्थामा पुगेका छन्।

कतिपय स्ट्यान्डमा जडान गरिएका बत्ती बिग्रिएका छन् भने विद्युतका तारहरूसमेत चुँडिएर झुन्डिएका छन्।

यसले बजारको सौन्दर्य घटाउनुका साथै विद्युतीय दुर्घटनाको जोखिमसमेत बढाएको स्थानीयको गुनासो छ।

बजार क्षेत्रमा विद्युत्, टेलिफोन र इन्टरनेटका तारहरू पनि जथाभावी तानिएका छन्। पोलमा गुजुल्टिएका तारहरूले बजार क्षेत्रलाई थप अस्तव्यस्त बनाएको देखिन्छ।

स्थानीयका अनुसार गमला र स्ट्यान्डको संरक्षण तथा व्यवस्थापन कसले गर्ने भन्ने विषयमा स्पष्ट जिम्मेवारी नहुँदा समस्या झन् बढ्दै गएको छ।

सरोकारवाला निकायले वर्षौंदेखि मर्मत तथा व्यवस्थापनमा चासो नदिएको उनीहरूको आरोप छ।

यता, नगरपालिकाले भने तार व्यवस्थापन र बजार सौन्दर्यकरणलाई प्राथमिकतामा राखेको जनाएको छ। तर, स्थानीयले भने कामभन्दा प्रतिबद्धता मात्रै दोहोरिँदै आएको गुनासो गरेका छन्।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.