जो बाइडेनले सम्हाल्दै अमेरिकाको बागडोर

न्यूयोर्क– संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा आजदेखि नवनिर्वाचित जो बाइडेनले कार्यभार सम्हाल्दै हुनुहुन्छ । गत नोभेम्बर ३ मा सम्पन्न आमनिर्वाचनमा डेमोक्रेटिक दलका उम्मेदवार जो बाइडेन विजयी हुनु भएको थियो ।

रिपब्लीकन पार्टीका उम्मेदवार हुनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएसँगै दोस्रो कार्यकालका रुपमा राष्ट्रपतिमा निर्वाचित हुन पाउनु भएन र आज ह्वाइट हाउस छोड्दै हुनुहुन्छ ।

आफ्नो शासन अवधिमा गरेका काम र लिएका नीतिका कारण कहिले आलोचित र कहिले चर्चित बन्नुभएका राष्ट्रपति ट्रम्पको बिदाइका अवसरमा विश्वका नेताहरुले विभिन्न प्रतिक्रिया दिनुभएको छ । इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गर्नु भएको छ । रुहानीले टेलिभिजनमा टिप्पणी दिनुहुँदै राष्ट्रपति ट्रम्पले चार वर्षसम्म आफ्नै जनता र संसारका लागि समस्या निम्त्याउनु बाहेक अरु कुनै फलदायी कार्य नगरेको प्रतिक्रिया दिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले सन् २०१६ मा सत्ता सम्हाले लगत्तै इरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि कठोर आर्थिक नाकाबन्दी गर्नु भएको थियो । राष्ट्रपति रुहानीको भनाइ त्यसैको प्रतिक्रिया भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.