शिक्षकहरुको माग– लकडाउनको अवधिको तलब पनि देऊ

लकडाउनको अवधिमा पनि खाईपाई आएको तलब सुविधा उपलब्ध गराउन माग गर्दै विराटनगरमा प्रदर्शन

विराटनगर– निजी विद्यालयका शिक्षकहरुले लकडाउनको अवधिमा पनि खाईपाई आएको तलब सुविधा उपलब्ध गराउन माग गर्दै विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।

विराटनगरको स्थानीय रोडशेष चोकमा भेला भएका निजी विद्यालयका शिक्षक र कर्मचारीहरुले विरोध जुलुस निकाल्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तीन बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरुले खाईपाई आएको तलब दिनुपर्ने, बिना कारण शिक्षक कर्मचारीहरुलाई निष्काशन गर्ने कार्य रोक्नुपर्ने र निजी विद्यालयहरुलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत गराउनुपर्ने माग राखेका छन् ।

कोरोना भाइरसका कारण चैत पहिलो सातादेखि लकडाउन सुरु भएपछि शैक्षिक संस्था बन्द छन् । प्याब्सन र एनप्याब्सनले बन्द अवधिको तलब दिन नसकिने बताएपछि शिक्षक र कर्मचारी आन्दोलित भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.