वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुन्न छुट्टै अनलाइन पोर्टल सञ्चालन

काठमाडौँ- सरकारले वैदेशिक रोजगार विभागमा गुनासो तथा उजुरी व्यवस्थापन अनलाइन प्रणाली (ujuri.dofe.gov.np) को सुरुवात गर्नुभएको छ ।

मुद्दा तथा अनुसन्धान साथै राहत तथा उद्धार लगायतका संस्थागत उजुरीका लागि अनलाइन प्रणालीको सुरुवात र विभागले पुराना फाइल डिजिटल गरिरहेको कार्यको निरीक्षण गर्दै  युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलेअब पीडितहरूले गुनासो तथा उजुरीका लागि काठमाडौँको विभाग धाउनु नपर्ने र विदेशबाटै पनि उजुरी दर्ता गरी कारबाही बारे बुझ्न सकिने बताउनु भयो।

उहाँले भन्नुभयो “तपाईँ विदेशमा हुनुहोस् वा नेपालकै कुनै कुनामा, सरकार तपाईँको साथमा छ। न्यायका लागि अब काठमाडौँ धाइरहनु पर्दैन, आफ्नै हातमा भएको मोबाइलबाट उजुरी दिन र न्यायको प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ।”

वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गरी श्रमिकलाई सहजै सेवा दिनका लागि सरकार लागिपरेको समेत मन्त्री यादवले बताउनुभयो।

निरीक्षणमा विभागकी महानिर्देशक मिरा आचार्य, मन्त्रालयका प्रवक्ता तथा सह-सचिव पीताम्बर घिमिरे लगायतको उपस्थिति थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.