राजश्वको अवस्था बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

काठमाडौँ- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिनुभएको छ।
बिहीबार विभाग पुगेर उहाँले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिनुभएको हो।
कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिनुभएको थियो।

सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना,कर संकलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गर्नुभएको थियो।।






प्रतिक्रिया राख्नुहोस्