सप्तरीबाट ३३ क्विन्टल भन्दा बढी गाँजा बरामद

सप्तरी- सप्तरी प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित ओसारपसार भइरहेको ३३ क्विन्टल ३२ किलो ४६० ग्राम गाँजा बरामद गरिएको हो ।
हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीनवटा सवारीसाधनबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।
घटनामा प्रयोग भएका तीनवटै सवारीसाधन नियन्त्रणमा लिइएको छ भने चालकहरू फरार रहेका छन् ।
बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कर्पियोबाट १९ बोरामा रहेको ५ क्विन्टल २३ किलो ६४० ग्राम, प्र १–०४–००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरामा रहेको १६ क्विन्टल ६८ किलो ११० ग्राम तथा बा.प्र.०१–०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरामा ११ क्विन्टल ७० किलो ७१० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए ।
फरार चालकहरूको खोजी जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्