सिरहामा गोली चल्यो, ६ जना लागुऔषध कारोबारी पक्राउ

सिरहा- सिरहाको लहानमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ।

प्रहरीले लहानस्थित अस्पताल चोकबाट ५ भारतीय र १ नेपाली गरी ६ जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरूको साथबाट २२५ ग्राम खैरो हिरोइन बरामद भएको प्रारम्भिक जानकारी छ।

घटनाका क्रममा १ भारतीय र १ नेपालीको खुट्टामा गोली लागेको बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.